सलमान खानलाई हाईकोर्टबाट सफाई: फ्यानहरु यतिसम्म खुशी भए की खानकै घर अघि आत्महत्या गरे ।

१२ साउन २०७३ ।
         कालो हरिण मारेको अभियोगमा मुद्धा खेपिरहेका बलिउड स्टार सलमान खानलाई अन्ततः भारतको हाईकोर्टले सफाई दिएको छ । अदालतको उक्त फैसलाबाट मुम्बई देखि दिल्लीसम्म र जोध्पुरस्थित हाईकोर्टसम्म ठुलै हलचल मच्चिएको थियो । असंख्य फ्यानहपरु खुशी हुँदै उनको निबास अघि पनि भेला भएर खुशियाली मनाईरहेका थिए ।


            तर त्यस्तैमा तिनै फ्यान मध्यका एक २५ बर्षिय युवकले एक पत्र लेखेर स्टार खानकै घर अगाडी आत्महत्याको दुष्प्रयास समेत गरे । उनलाई खुशियाली मनाईरहेको स्टार खानको फ्यानहरुको भिडमा मुखबाट फिंज निकालिरहेको अबस्थाबाट प्रहरीले उद्दार गरेको थियो ।

        प्रहरीले ति युवकको खल्तीबाट उक्त पत्र निकालेर पढेपछि पुनः उसकै खल्तीमा राखिदियो र सो पत्रबारे प्रहरीले हालसम्म केहि बताएको छैन । उद्दार पछी ति युवकलाई उपचारार्थ हस्पिटलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.