प्रधानमन्त्री ओलीको राजिनामासँगै कलाकारहरु दुखी, यसरी पोखे आक्रोस

काठमाडौँ: नेपाली कलाकारिता क्षेत्रमा चर्चीत कलाकारको रुपमा स्थापित भएका हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विकासमुखी प्रधानमन्त्री भएका बताएका छन भनेका छन् ।

ओलीले पदबाट राजीनामा दिएपछि फेसबुकमार्फत धुर्मुसले विकासमुखी प्रधानमन्त्री ओलीले बोलेको कुरा गरेको उदाहरण समेत पेस गरेका छन् । उनले अब बन्ने सरकार र सरकारलाई नेतृत्व गर्ने प्रधानमन्त्री पनि विकासमुखी नै पाइयोस् भन्दै जनताले केबल विकास चाहेको उल्लेख गरेका छन् ।

यस्तो छ धुर्मुसको स्टाटस्स:


प्रधानमन्त्री केपी ओलीले जनतालाई थुप्रै सपना देखाए । विकासका सम्भावनाहरु कोट्याए । हामीले पनि एकिकृत बस्ती विकास गर्ने सपना देख्यौँ । जुन हाम्रो जस्तो मुलुकका लागि अत्यन्तै आवश्यक छ । त्यसैले, भूकम्प लगत्तै काभ्रेमा एकिकृत नमुना बस्ती बनायौँ ।

गिरान्चौरमा त्यो भन्दा अझै वृहत बस्ती बनाउँदैछौँ । प्रधानमन्त्रीले बोलेका कुरा कति पुरा भए, भएनन् त्यो आफ्नै ठाउँमा छ । तर, प्रस्तोता आदरणीय दाजु रबि लामीछाने र सञ्चारकर्मी काका प्रेम बानीँयाको पहलमा कार्यक्रम प्रधानमन्त्रीसँग सिधा कुरामार्फत प्रधानमन्त्रीले हाम्रो परियोजनाका लागि निर्माण सामग्री बोक्न गाडि (महेन्द्राको टु ह्वीलर बोलेरो) सहायता गर्छु भनेर गरेको वाचा एक साता अघि पुरा भएको थियो ।

विगत ८ वर्षदेखि उहाँकै नक्कल गरियो । यस अन्तरालमा उहाँले विकासबारे बोलेका विषयलाई व्यंग्य गरियो । दर्शक हँसाइयो । तर, उहाँले बोलेका केहि विषय रमाइला, रसीला मात्र होइनन् उत्तिकै राम्रा र व्यवहारमा लागु गर्नु पर्ने खालका पनि थिए । एक नागरिक भएको हैसियतले भन्नु पर्दा उहाँ विकासलाई दुरदर्शी रुपमा हेर्ने व्यक्तित्व हुनुहुन्थ्यो जस्तो लाग्छ ।

अब बन्ने सरकार र सरकारलाई नेतृत्व गर्ने प्रधानमन्त्री पनि विकासमुखी नै पाइयोस् । अहिलेको अवस्थामा जनताले केबल विकास चाहेका छन् । भूकम्प पिडितले झरीमा टाउको लुकाउने आवास खोजेका छन् । हामी पनि भूकम्प पश्चात निरन्तर विकास र पिडितको आवास बनाउन खटिरहेका छौँ । यस्तै सामाजीक काममा हाम्रा पाइला अघि बढीरहने छन् ।

त्यसैगरि अर्का चर्चीत आस्य कमलाकार दिपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम सधै सम्झनामा रहने बताएका छन् । ओलीको राजीनामा पछि फेसबुकमार्फत भावुक हुँदै मार्मिक स्टाटस मार्फचत गिरीले इतिहासका ४ वटा प्रधानमन्त्रीको नाम पनि याद नभएको, तर पछिल्लो नाम सधैँ याद रहने भन्दै ओलीको खुलेरै प्रशंसा गरेका छन् ।

उनले स्टाटस यस्तो  छ

मेरो सामान्य ज्ञान कमजोर छ
इतिहासका ४ वटा प्रधानमन्त्री को नाम पनि याद
छैन‘। तर ‘।तर यो पछिल्लो नाम सधै याद रहनेछ
तर्क गर्नेहरूले भन्लान् ठूला गफ गरेर मात्र गए
म भन्छू सम्मोहन कला पनि ठूलो कला हो
एउटा मनमोहन ‘ ९ महिना
अर्का सम्मोहन ‘ ९ महीना‘‘ यति भनिरहदा एमाले भन्ने
आरोप लाग्या … तर अहिले सम्म यो दल संग एउटा भोटको सम्बन्ध पनि नरहेको अबगत गराउछू‘‘..!!!
आउने वाला पनि प्रभावशाली छन्‘। तर कामले होस वा
कुराले मात्रै भएपनि जनतालाइ सम्मोहित भने तुल्याउनु होला
राजनीतिले दिक्दार भएका जनतालाइ सम्मोहित तुल्याउनु पनि उनिहरूलाइ मनोरोगी हुन बाट जोगाउनु हो ….जय नेपाल … !!!

त्यस्तै महानायक राजेस हमालले महानायक राजेश हमालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हारेर पनि जित्ने प्रधानमन्त्री भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत हमालले ओलीको खुलेरै प्रशंसा गर्दै उनलाई राजीनामा दिन बाध्य बनाउने (प्रचण्ड र देउवा) प्रति असन्तुष्टि समेत व्यक्त गरेका छन ।

हमालले उनीहरु (प्रचण्ड र देउवा) लाई तथाकथित विजेता भनेका छन् । यो सब प्रकरणलाई नेपाली जनताले प्रत्यक्ष हेरिरहेको भन्दै आफूलाई प्रमाणित गरेर देखाउन भावी प्रधानमन्त्री प्रचण्डलाई चुनौति दिएका छन् ।

यस्तो छ राजेशको स्टाटसः

के. पी. ओलीजी‘‘जसले हारेर पनि जित्यो । तथाकथित विजेताहरूले आफ्नो स्थानलाई प्रमाणित गर्नुपर्ने छ । नेपाली जनताले हेरिरहेका छन् । उनीहरूलाई हल्का रूपले नहेरियोस् ।

यसमा तपाइको मत

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.