
१० साउन, काठमाडौ । धादिङ बुढाथुमकी सुश्माको काठमाडौको चाबहिल स्थित ओम हस्पिटलमा मृत्यु भएको छ । साधरण खुट्टा सुन्निने रोगका कारण उनी काठमाडौको टिचिङ अस्पताल गएकी थिइन । टिचिङ अस्पतालले उनलाई ओम अस्पतालमा रिफर गरेको थियो । ओम अस्पतालमा उनलाई सिटी स्क्यान गर्नका लागि लगाइने सुई दिएपछि उनलाई गाह्रो भयो फल स्वरुप उनको मृत्यु समेत भयो ।
डा. अमरनाथ महतोले सुश्मालाई हेरेका थिए । इन्जेक्सन दिएरमात्र सिटी स्क्यान गरिने हुदा डा महतोले पहिले एउटा मात्र इन्जेक्सन किनेर ल्याउन लेखेर पठाए सिरिन्ज ल्याएपछि थप डोज दिनुपर्ने र थप डोजका लागि अर्को विरामीको इन्जेक्सन आफुसंग भएको र त्यही इन्जेक्सन दिने भनेर महतोले उक्त आधा डोजको इन्जेक्सन लगाए । सो इन्जेक्सन लगाएपछि सुश्मालाई गाह्रो भयो केही छिनमा नै उनको मृत्यु भयो ।
यसरी शुस्माको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा प्रदर्शन सुरु गरे फलस्वरुम सोमबारु बिहान १० बजे अस्पताल प्रशासन र पीडित पक्षबीच सहमती भयो । सुश्माका श्रीमान नेपाल आर्मीमा कार्यरत छन । उनका तीन जना सन्तान छन जस मध्य ११ महिनाको कान्छो छोरा अकी सात बर्षकी छोरी र अर्की कक्षा ७ मा पढदेृ गरेकी ११ बर्षैकी ठुली छोरी छन ।
