-वाइफाईको पासवर्ड चाहियो ? पत्ता लगाउन यसो गर्नुहोस...जानी राखौ..

-वाइफाईको पासवर्ड चाहियो ? पत्ता लगाउन यसो गर्नुहोस...जानी राखौ..पर्सनल वाइफाई नेटवर्कमा मात्रै काम लाग्दछ।



अफिसको नेटवर्क वा अन्य प्रयोगकर्ताको पासवर्ड पत्ता लगाउन यो विधि अपनाउनेः

स्टेप १

कम्प्युटर वा ल्यापटपको कन्ट्रोल प्यानलमा जाने। Start > Control Panel > Network and Sharing Centre नेटवर्क सेयरिङ सेन्टरमा वायरलेस र वायर्ड नेटवक्र्स दुवैको लिस्ट दिएको हुन्छ। यदि विन्डोज एट को प्रयोग गरिएको भए “Windows key + C” गर्ने।
यो सर्टकट एकसाथ क्लीक गर्ने र यसपछि सर्चमा क्लीक गरी Network and Sharing Center मा क्लीक गर्ने।

स्टेप २

नेटवर्क एण्ड शेयरिङ सेन्टरमा गएपछि Change adapter settings नामको अप्सनमा क्लीक गर्ने।

स्टेप ३

अव यो स्टेपमा जुन वाइफाईको प्रयोगकर्ताले जुन पासवर्ड खोजेको हो त्यसमा सेलेक्ट गरेर राइट क्लीक गर्ने । यसपछि Status अप्सनमा गई वायरलेस प्रपर्टिज नामको अप्सनमा क्लीक गर्ने ।
यसपछि ल्यापटप वा कम्प्युटरमा एक विन्डोज खुल्छ जसमा दुई ट्याब दिएको हुन्छ। एउटा कनेक्सन र अर्काे सेक्युरिटि ट्याब हुन्छ जसमध्ये सेक्युरिटि ट्याबमा क्लीक गर्ने ।

स्टेप ४

अव प्रयोगकर्ताको सामु तीन वटा अप्सन आउँदछन् । यसमा सेक्युरिटी टाइप, इन्स्क्रीप्सन टाइप र नेटवर्क सेक्युरिटी रहेको हुन्छ । जसमध्ये नेटवर्क सेक्युरिटी अप्सनमा पासवर्डको स्थान देखिन्छ ।
त्यसको तल चेक वक्स देखिन्छ जसमा क्जयध Show Characters लेखेको हुन्छ । यहि चेक बक्समा क्लीक गरेपछि प्रयोगकर्ताले आफूले विर्सेको पासवर्ड सहज तरिकाले देख्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.