यी हुन् विमानभित्र यात्रुलाई जुठो वियर दिने एयर होस्टेज.....हेर्नुहोस....
काठमाडौं, १४ साउन । दिल्लीबाट काठमाडौंकालागि उडेको नेपाल वायु सेवा निगमको विमानमा एउटा बिर्को खोलिएको बियरको विषयमा भएको बादविवादले एक जना यात्रुलाई प्रहरी हिरासतमा पुर्याइदिएको छ ।
उच्च स्रोतका अनुसार, जहाज नेपालको सिमानामा प्रवेश गरिसकेको थियो । भारतीय नागरिक बिनय मिश्रले तेस्रोपटक मदिरा मागे । परिचारिका निलिमा शाहीले बिर्को खुला गरिएको वियर बोकेर मिश्रको सिटमा पुगिन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
ढक्कन खुला भएको क्यान बियर देखेपछि लखनऊ निवासी मिश्रले ‘अर्कोको जुठो बियर दिने’ भन्दै आपत्ती जनाए । यो विषयमा उनीहरुबीच केहीबेर बादविवाद चल्यो । आवेशमा देखीएका मिश्रले यस्तो बियर खान्न भन्दै हातले पन्छ्याउदा वियर परिचारिका शाहीको शरिरमा पोखियो । यही विषयलाई लिई शाहीले जहाज उडाइरहेका चालकदललाई ककपिटमा जानकारी गराइन ।
ककपिटमा जहाज उडाउनेमा थिए वरिष्ठ क्याप्टेन वाईके भट्टराई र एनबी विश्वकर्मा । चालकदलले परिचारिकालाई दुर्व्यवहार र हातपात गरेको विषय एयर ट्राफिक मार्फत काठमाडौंस्थित त्रिभुवन नागरिक उडड्यन प्राधिकरणलाई गरायो । बुधबार बेलुकी साढे नौ बजे काठमाडौंमा अवतरण गरेको निगमको उक्त बोइङ्गबाट यात्रु मिश्रलाई प्रहरीले गिराफ्तार गर्यो ।
लखनऊमा एक्सेल करियर एकेडेमी नामको शैक्षिक संस्था चलाइरहेका मिश्र हाल गौंशालास्थित प्रहरी वृत्तको हिरासतमा छन् । वृत्तको मुद्दा शाखाका अनुसार, उनलाई सार्वजनिक अपराधको अभियोगमा राखिएको छ । बिहीबार काठमाडौं प्रशासनले छानविनकालागि तीन दिनको म्याद पनि दिइसकेको प्रहरी निरीक्षक पृथ्वी ओलीले बताए ।
प्रहरीले यो घटनाबारे लैनचोरस्थित भारतीय दूतावासलाई पनि लिखित जानकारी गराउने छ । हिरासतमा रहेका यात्रु मिश्रले आफुले परिचारिका शाहीलाई हातपात नगरेको खुल्ला वियर नपिउने भन्दै असहमति जनाउँदा हात लागेर वियर पोखिएको जिकिर गरेका छन् ।
उता परिचारिका शाहीले आफूलाई सार्वजनिक स्थानमा दुर्व्यवहार गरी हातपात गरेको लिखित जाहेरी दिएकी छन् । प्रहरीका अनुसार, यो मुद्दाको छिनोफानो काठमाडौं प्रशासनले लगाउने छ ।
परिचारिकाले जाहेरीमा लेखेको आरोप प्रमाणित भए मिश्रले केही दिन हिरासतमा बस्नुपर्छ भने परिचारिकाले दाबी गरेको क्षतीपूर्ती भर्नुपर्छ । अन्य मुलुकमा विमानमा उडान सुरक्षालाई असर पर्ने गतिविधि गरेमा कडा कानुनी प्रावधान छन् ।
यस्तो कानुन हुनेमा हङकङ पनि एउटा मुलुक हो । यदी कुनै यात्रुले जहाजमा चुरोट सेवन गर्यो वा मदिरा खाई कसैलाई अपमान वा हातपात गरे त्यहाँ कडा सजाय छ ।
यदी यस्तो क्रियाकलाप गर्ने यात्रुबारे सम्वन्धित एयरलाइन्सले जानकारी लुकाए त्यस्तो विमानको चालकको उडान अनुमतिपत्र नै खारेज गरिदिन्छ । नेपाली आकासभित्र उडिरहेको विमानमा हुने अपराधिक गतिविधिबारे यहाँ कडा कानुन छैन ।
त्यसैले प्रहरीले मिश्रलाई सार्वजनिक अपराधको मुद्दामा हिरासतमा राखेको छ । निगमको विमानमा यस्तो गतिविधि भएपछि चालकहरुले निगम व्यवस्थापनलाई यस्ता अपराधबारे कानुन बनाउनकालागि पुनः विहीबार सचेत गराएको एक वरिष्ठ पाइलटले बताए ।
दैनिक नेपालबाट साभार