काठमाडौंबाट फर्केपछि सोनाक्षीले नेपालको विषयमा दिएको प्रतिक्रिया के लेखिन् सोनाक्षीले पढ्नुस्!!!
काठमाडौंमा आएर लाइभ प्रस्तुति दिएर फर्केकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले काठमाडौंको शो सफल भएको र आफू सम्मानित महसुस गरेको प्रतिक्रिया दिएकी छिन् ।
भारत फर्केपछि इन्स्टाग्राम र ट्वीटरमा सोनाक्षीले आफू सहभागी शोलाई ह्यूज सक्सेस अर्थात ठूलो सफलता भनेकी छिन् ।
काठमाडौंमा उपस्थित दर्शकलाई अमेजिङ दर्शक भन्दै उनले नेपालका लागि एक हुन पाएकोमा सम्मानित अनुभव गरेको भनेकी छिन् । उनले आफूले काठमाडौंमा निक्कै मायाँ पाएको र सम्मान पनि पाएको भन्दै खुसी ब्यक्त गरेकी छिन् ।
बलिउडका चर्चित अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोराले शनिबार टुँडिखेलमा नेपाली दर्शकलाई नचाएका थिए ।
प्रस्तुति लगत्तै ‘नमस्ते काठमान्डु, कस्तो छ?’ भनेर अभिवादन गरेकी सोनाक्षीले ठूलो भीडमाझ कार्यक्रम गर्दा धेरै मज्जा आएको मात्र बताइनन् उनले पुनः नेपाल आउने बाचा पनि गरेकी छिन् ।


