सगरमाथा चढेकी नायिका निशा अधिकारी बिवाह नै नगरी अामा बन्दै, आखिर उनको छोराको बाउ को हुन् ?

नायिका निशा अधिकारी कुमारी अामा बन्ने भएकी छिन् । बिहे गर्ने उमेर भए पनि अहिले सम्म बिवाह नै नगरी बसेकी नायिका निशा अामा बन्ने रहर लागेपछि अहिले त्यसैकाे लागि तयारीमा जुटेकि छिन् । तर उनले कसैकाे, गर्भ नै भने बाेक्न लागेकी हाेइनन् । अामा बन्ने रहरमा उनले निशाले अनाथ बालकलाई धर्मपुत्र बनाउने भएकी छिन् । नेपालको कानुनमा ३१ वर्ष नपुगेका नागरिकलाई धर्मपुत्र पुत्री राख्न नपाउने व्यवस्था भएको हुदाँ निशा केही समयका लागि भने तत्निकाल अामा बन्न नपाउने भएकी छिन् । जीवनमा विवाह गर्नैपर्छ र नगर्दा हुन्न भन्ने मानसिकता सार्वजनिक स्थानहरुमा भन्दै हिड्ने नायिका निशा अधिकारी सन्तान सुःखको निम्ति भने अनाथ बालबालिकालाई एडप्ट गर्ने मनस्थितिमा छिन् । यसका निम्ति निशाले अनाथ बालबालिकालाई हेरिसकेको पनि बताएकी छिन् । अमेरिका पुगेर निर्देशनको कोर्स सिकेर आएकी निशाले केही समय अघिमात्र सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । यिनै साहसी अनि महत्वाकांक्षी नायिका अब विवाहनै नगरी सन्तान सुख उपभोग गर्ने तयारीमा छिन्। निशालाई पुरुषहरुसंग किन वैराग र तीक्ष्णता जाग्यो यो उनको नितान्त व्यक्तिगत पक्ष हो । तथापि उनको यो कदमले केही अनाथ बालबालिकाहरुको उद्धार नै हुने देखिन्छ। त्यसो त हलिउड र बलिउडमा पनि थुप्रै नायिकाहरुले विहे नै नगरी बच्चा एडप्ट गरी सन्तान सुख उपयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.