२४ वर्षिया अभिनेत्री प्रत्युषा मृत शरीर फेला, आत्महत्या गरेको हुन सक्ने आशंका

डिसी नेपाल संवाददाता - भारतको चिर्चित टेलिभिजन श्रृँखला बालिका बधुमा आनन्दीको भूमिकामा अभिनय गरेकी अभिनेत्री प्रत्युषा बेनर्जीको निधन भएको छ।


गोरेगाउँमा रहेको फ्ल्याटमा प्रत्युषाको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले प्रत्युषाको शरीर कोकिलाबेन अस्पताल लगेकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए। प्रत्युषा २४ वर्षकी थिइन्।

उनले आत्महत्या गरेको जनाइएको छ। उनको शरीर मुम्बइको गोरेगाउँमा रहेको फ्ल्याटको सिलिङमा झुण्डिएको अवस्थामा शव फेला परेको मुम्बइ प्रहरीको एक अधिकारीले बताएका छन्। तर सुसाइड नोट भने फेला नपरेको प्रहरीले जनाएको छ। आत्महत्याको कारण थाहा हुन सकेको छैन, तर प्रेमी राहुल राज सिंहसँगको सम्बन्धमा समस्या आएकाले उनले यस्तो कदम चालेको हुनसक्ने आशंका गरिएको छ। उनले पछिल्लो पटक ह्वाट्एपमा ‘मृत्युपछि पनि तिमीबाट मेरो मुहार टाढा रहने छैन।’ भन्ने सन्देश पोस्ट गरेकी थिइन्।

उनले बालिका बधु बाहेक अरु टेलिभिजन कार्यक्रममा पनि अभिनय गरेकी थिइन्। प्रत्युषा रियालिटी सो बिग बोसमा पनि सहभागी भएकी थिइन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.