मलेसियाको स्कुलमा भूत! विद्यार्थी र शिक्षकमाथि आक्रमण

मलेसिया–उत्तरी मलेसियाको एक स्कुलमा 'भूत' देखिएपछि भागाभाग चलेको छ। स्कुलमा भूत देखिएपछि स्कुल केही दिनका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
सो स्कुलमा भूतको छाँया देखिएको र उसले स्कुलका बालबालिकामाथि आक्रमणसमेत गरेको बताइएको छ। सो घटनापछि स्कुलमा विद्यार्थी र शिक्षक आत्तिएका छन्। स्कुलका प्रिन्सिपल सिती हवा मातले विद्यार्थी र शिक्षकले एक छाया देखेको बताइन्। सो भूतको तस्बिर सीसीटिभी क्यमरामासमेत कैद भएको संचारमाध्यमले उल्लेख गरेका छन्। सो भूतले पहिलो दिन २५ विद्यार्थीमाथि आक्रमण गरेको थियो। त्यसपछि ५० विद्यार्थी र ११ शिक्षकमाथि आक्रमण भएको थियो।
स्कुलका शिक्षक कामहार इब्राहिमले भनिन्,'मैले एउटा कालो छाया देखें, जो मतर्फ आउँदै थियो। त्यो छाया मेरो शरीरभित्र पस्ने कोशिस गर्दैथियो। सो समयमा स्कुलका अन्य शिक्षक कुरान पढ्दै थिए।' निकै आत्तिएकी इब्राहिमले भनिन्,' त्यो देख्ने वित्तिकै मेरो होश गुम्यो।' सो घटनापछि स्कुलमा शान्ति पाठ गरिएको थियो। तर पनि स्कुलमा भूत आउने क्रम भने रोकिएको छैन।
