राजेशपायल र रेखा थापा चैत्र २६ मा विवाह बन्धनमा बाँधिदै पुरा

काठमाडौं : अहिलेका सर्बाधिक चर्चित गायक राजेश पायल राई र चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिने पक्का भएको छ । राजेश र रेखाले आगमी चैत्र २६ गते भव्य औपचारिक विवाह भोज दिएर वैवाहिक जीवन सुरु गर्ने भएका हुन् । अहिलेका सबैभन्दा व्यास्त गायक राजेशपायल अविवाहित हुन् भने रेखा ‘एक्ली’ ।


राजेशपायल र रेखा एकअर्कामा असाध्यै मिल्ने साथी हुन् भन्ने सबैलाई थाहा थियो । देशविदेशका कार्यक्रमहरुमा दुबैसँगै प्रस्तुत हुन्थ्थे । उनीहरु प्रेममा छन् भन्ने चहिँ अहिलेसम्म कमैलाई थाहा थियो । तर, उनीहरु दुबै लामो समयदेखी प्रेममा थिए । उनीहरु लामो समयदेखी प्रेममा सम्बन्धमा रहेर ‘डेट’ गरिहेका थिए ।

राजेशपायलको पारिवारिक स्रोतका अनुसार उनीहरुको विवाह पक्का भएको हो । राजेशपायलको परिवारको एक सदस्यले भने,‘उहाँहरुको चैत्र २६ गते औपचारिक विवाह हुने पक्का भएको छ ।’ ती सदस्यका अनुसार विवाह दरबारमार्ग स्थित होटल अन्नपूर्णमा हुनेछ ।

दुईदिन अघि मात्रै पनि दरबारमार्गमा भएको एक कार्यक्रममा राजेश र रेखाले गीत गाएका थिए । सो कार्यक्रममा राजेशले ‘डार्लिङ रेखा’ भनेर सम्बोधन गरेका थिए । रेखाले पनि राजेशसँग नर्भस हुने गरेको भन्दै सम्मान र माया प्रकट गरेकी थिइन् । तर, राजेश र रेखाको लागि यो कार्यक्रम नयाँ भने थिएन । विदेशमा भएका दर्जनौं सांगीतिक कार्यक्रमहरुमा दुबैले एकसाथ प्रस्तुती दिदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.