एसएलसी परीक्षा दिँदै गरेकी छात्राकाे मृत्यु !!

केन्द्रबाट एसएलसी दिँदै गरेकी एक परीक्षार्थीको मृत्यु भएको छ । शान्ति उच्च मावि छोरम्बुकी छात्रा तुलसा माझीको बिहीबार राति मृत्यु भएको हो । पेट दुख्ने समस्याले च्यापेपछि स्थानीय स्वास्थ्यकर्मी बोलाएर सामान्य उपचार गरेको केही समयपछि छात्राको मृत्यु भएको स्थानीय शिक्षक दीपक पौडेलले बताए । सामान्य ज्वरो आउँदाआउँदै हिजो औषधि खाएर अङ्ग्रेजी विषयको परीक्षा दिएकी थिइन् । टाइफाइडको समस्याले बतासे–४ भङ्डारेघाट निवासी ती छात्राको मृत्यु भएको जानकारी आएको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत मीनबहादुर थापाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.