यी भयानक तस्विरले फोन साथमा राखी सुत्नुहुँदैन भनेर विश्वस्त बनाउँछ!!!

कुनै न कुनै माध्यम हुँदै, हाम्रो मोबाइल फोन हाम्रै सिरानीको नजिक आउपुग्छ, थाहै नपाई। अनि सुत्ने बेला हाम्रो बानी के हुन्छ भन्दा सिरानीको बीचमा मोबाइल राखि रातभरी चार्जमा छोड्दिने। भोलीपल्ट उठ्छौँ, अनि फेरि दैनिकी सुरु हुन्छ।


तर, न्यू योर्क प्रहरी विभाग [NYPD] ले चेतावनी दिएको छ कि, हरेक चोटि मोबाइल चार्ज गर्दै सिरानीमा राखेर सुत्ने बानीले ज्यान समेत जान सक्छ।

यस्तै घटना भोगेका एक प्रहरी अधिकारीले आफ्नो ट्वीटर मार्फत ४ वाट तस्विरहरू सेयर गरेका छन्। ती तस्विरहरूमा उनको सिरानी जलेर प्वाल परेको देखिएको छ। सिरानीमा सेलफोन राखी चार्ज गरेर सुत्दा बढि तातेर आगो लागेको उनले बताएका छन्।


यदि तपाईँको पनि फोन चार्ज गरी नजिकै राखेर सुत्ने बानी छ भने, तुरुन्तै हटाउन उनले सुझाव दिएका छन्। बरु त्यसको सट्टा कुनै कडा वस्तु जस्तै; टेबुलमा मोबाइल राख्नु उचित हुने सल्लाह उनले दिएका छन्।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.