बेलायती राजकुमार ह्यारीबारे गोरखाबाट आयो रुवाउने खबर !

लापुबेँसी (गोरखा), १३ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार ह्यारी भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा आज पनि सक्रियतापूर्वक जुट्नुभयो ।


भूकम्पबाट ध्वस्त भएको गोरखाको लापुबेंशीस्थित प्रभात किरण माध्यामिक विद्यालयको भवन पुनःनिर्माणमा राजकुमारसहित केही विदेशी युवा निरन्तर जुटेका हुन् ।

आफ्नो औपचारिक भ्रमण सम्पन्न भएपछि पनि राजकुमार ह्यारी आफ्नो भ्रमण लम्ब्याएर सहयोगीहरुका साथ विद्यालयको पुनःनिर्माणमा सघाउन बिहीबार यहाँ आउनुभएको हो । यहाँ रहँदा उहाँँले डोकोमा ढुङ्गा बोक्नुभयो भने आज नजिकैको जङ्गलबाट काठको टिम्मा बोकेर ल्याउनुभएको थियो ।

ह्यारीसँग मिलेर भवन निर्माणमा जुटेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश गुरुङले विदेशीले यसरी आफ्नो गाउँको विद्यालय भवन बनाउन सुरु गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

नेपाल भ्रमणमा आउनुभएका राजकुमार ह्यारीले पुनःनिर्माणमा जुटेर दुर्गमका विद्यार्थीको शिक्षामा सहयोग गर्नु उदाहरणीय काम भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । भूकम्पले ध्वस्त बनेको यस विद्यालयको ११ कोठे भवन बनाउन लागिएको छ । रासस
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.