अर्चना पनेरुलाई सेक्स प्रस्ताव राख्नेहरुले नै फिल्मको सुटिङ्ग रोकेका हुन् त ? पोखरामा पक्राउ परेकी उनी यसो भन्छिन् (भिडियो सहित)

पोखराको खाल्टेमसिनामा नेपाली फिल्म जिश्मको छायाँकन भैरहेको थियो । र, रामबजारबाट खटिएको प्रहरीको टोलीले एकाएक फिल्मको छायाँकन रोक्दै फिल्मका मुख्य कलाकार, निर्देशक सहित प्राविधिक टोलीलाई नियन्त्रणमा लियो । र, प्रशासनको जिम्मा लगायो । फिल्म निर्देशक राजु गिरि भने आफुलाई षड्यन्त्र गरेर फँसाईएको बताउँछन् ।

निर्देशक राजु गिरिले अर्चनाकै कारण विकास बोर्डले आफ्नो फिल्म दर्ता गर्न नमानेको आरोप लगाउँछन् । कतिपय फिल्महरु विना दर्ता छायाँकनमा जाँदा पनि चुप लागेर बस्ने विकास बोर्डका केहि सदस्यहरुले नियोजित रुपमा आफुहरुलाई फँसाएको राजु बताउँछन् ।


खासगरि अर्चना पनेरुले केहि समय अगाडि केहि व्यक्तिको नामै किटान गरेर आफुलाई उनीहरुले सेक्स प्रस्ताव राखेको भनेर खुलाईदिएपछि उनीहरुले नै यो षड्यन्त्र रचेको उनले बताए । र, यो कुरामा अर्चनाले पनि सहमती जनाईन् ।

तर यता प्रशासनले भने कसैले फँसाएको नभई फिल्म छायाँकनको ईजाजत नै नलिएको कारणले फिल्म यूनिटलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख हरिप्रसाद मैनालीले कानुनअनुसार फिल्मको निर्माण यूनिटलाई कारबाहि गरिने बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईका अनुसार बिना ईजाजत फिल्म छायाँकनमा गएको खण्डमा फिल्मका सम्पूर्ण प्राविधिक सामाग्री सहित यूनिटलाई २८ दिनसम्म हिरासतमा राखि अदालत पठाउन सकिन्छ । उनले राजु गिरिलाई आफुले बारम्बार जानकारी गराउँदा पनि अटेर गरेको कारण प्रशासनको जिम्मा लगाईएको बताए । साथै उनले आगामी दिनमा पनि छायाँकन गरेर ईजाजत लिन आउने फिल्मको सवालमा यस्तै कारबाहि अपनाईने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.