ब्रसेल्स जल्दै गर्दा अमेरिकी राष्ट्रपति ओबामा “ट्याङ्गो नृत्य”मा मस्त भिडियो र तस्विर सार्वजनिक (भिडियो सहित)

एजेन्सीः ब्युनर्स आयर्समा आयोजित ‘ग्लित्जी स्टेट डिनर’का क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेलको नृत्यको भिडियो र तस्बिरहरु सार्वजनिक भएका छन् ।
बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा मंगलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । त्यस आक्रमणमा सम्लग्नको खोजी जारी छ भने प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ । उक्त आक्रमणमा मारिने व्यक्तिको सङ्ख्या ३५ पुगेको जानकारी राष्ट्रिय प्रहरीले बुधबार बिहान सार्वजनिक गरेका छन् ।
इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी ३५ व्यक्तिको मृत्यु भएपछि त्यहाँ बुधबारदेखि तीन दिनसम्म शोकको घोषणा गरिएको छ । विमानस्थलमा विस्फोट भएको एक घण्टापछि स्थानीय समयाअनुसार करिब ९ बजे पुनः मेट्रो स्टेसनमा विस्फोटन भएको जनाइएको छ ।
यस विस्फोटमा परी सयौँ व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । उक्त आक्रमणको जिम्मेवारी आइएसले लिइसकेको छ । आइएसले हालैमात्र आफ्ना एकजना सहयोगीलाई ब्रसेल्सबाटै नियन्त्रणमा लिइएकोले त्यसको बदलामा यो आक्रमण गरिएको जानकारी दिएको छ ।
बस्रेल्समा आतङ्कवादी आक्रमण भइरहेको अवस्थामा घर फर्कन गरिएको अनुरोध उनले अस्विकार गरे । यसैबीच ब्युनर्स आयर्समा अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेल ‘ग्लित्जी स्टेट डिनर’ सँगै नाचिरहेका थिए । उनीहरुसँगै अर्जेन्टिनी राष्ट्रपति माउरिसिओ म्याक्री र फस्र्ट लेडी जुलियाना अवादा पनि थिइन् । स्रोतःडेलीमेल
