फुटबल मैदानमा बग्यो रगतको खोलो,आत्मघाती विस्फोट हुँदा ३० को मृत्यु

आत्मघाती विस्फोट हुँदा ३० को मृत्यु
काठमाडौं: बगदादको दक्षिणी भागमा अवस्थित एक सहरमा फुटबल म्याचका क्रममा एक आत्मघाती हमला हुँदा कम्तिमा ३० जना मारिएका छन् ।




एक आत्मघाती हमलाकारीले फुटबल हेरिरहेका दर्शकहरुबीचमा आएर आफूलाई बमले उडाउँदा घटनास्थलमै कम्तिमा ३० जना मारिएका हु्न् ।

स्थानीय पुलिस र चिकिस्तकहरुले यस घटनाको पुष्टि गरेका छन् । सहरका पुलिस प्रमुख अल असरियाले एएफपीलाई बताए अनुसार फुटबल प्रतियोगिताका बिजेतालाई उपाधि र ट्रफी वितरण गरिरहेका बेला आत्मघाती आक्रमण भएको थियो ।

यो गाउँ इराकको सिकन्दरिया सहर नजिकै रहेको छ । पुलिस प्रमुख असरियाले बताए अनुसार घटनामा कम्तिमा ६५ जना घाइते भएका छन् । यो हमलामा त्यो सहरका मेयर पनि मारिएका छन् ।

सिकन्दरियाको एक अस्पतालका डाक्टरले मृतकको स‍ंख्या पुष्टि गर्दै यो घटना शुक्रबार साँझ करिब ७ बजे भएको बताएका छन् । यो घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन।

राजधानी बगदादबाट ४० किलोमिटर दक्षिणमा अवस्थित शिकन्दरिया सिया मुसलमानको बाक्लो बसोबास भएको सहर हो ।

एक समाचारका अनुसार धमनका खेल सकिएपछि बिजेता उपविजेता टीमलाई उपाधि तथा ट्रफी वितरण गर्दै भएको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार मारिने मानिसहरुमा यो टोलका मेयर पनि रहेका छन् ।  इस्लामिक स्टेटले यसअघिबाटै इराकका सिया मुसलमानको बाक्लो बसोबास भएको क्षेत्रमा आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.