Breaking News>>>माइक्रो बस दुर्घटना हुँदा ८ नेपाली सैनिकको मृत्यु पुरा पढ्नुहोस्

माइक्रो बस दुर्घटना हुँदा ८ नेपाली सैनिकको मृत्यु
 शनिबार  दिउँसो नुवाकोटमा माइक्रो बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।  नुवाकोटका नेपाल प्रहरीका डिएसपी सिद्धिविक्रम शाहले काठमाडौंबाट तालिम सकेर नुवाकोट जाँदै गरेका नेपाली सेनाका सैनिक चढेको माइक्रो बस केउरेनीमा  दुर्घटनामा परेको बताए।
काठमाडौंबाट त्रिशुली जाँदै गरेको  बा १ ज ७५८३ नम्बरको माइक्रो बस दुर्घटना हुँदा केही सैनिक परेको प्रारम्भिक सूचना आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले बताए।  मृतकको सनाखत भइसकेको छैन।

६ जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याएको छ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.