breaking news भर्खरै ५.७ रिक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस
टोकियो: जापानमा मङ्गलबार अपराह्न ५.७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । उक्त जानकारी जापानको मौसम विज्ञान निकाय (जेएमए) ले दिएको छ । यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिइएको सो निकायले जनाएको छ ।
(जेएमए) का अनुसार यस भूकम्पको केन्द्रविन्दु फुकुसिमा प्रान्तको हकाडोरी तटीय क्षेत्रको इवाकी सहरको प्रशान्त क्षेत्रीय समूद्रको २० किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पबाट हालसम्म मानवीय र भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।
जापानमा सन् २०११ मा आएको सुनामीमा परी कम्तीमा १९ हजार व्यक्तिको मृत्यु भएको थियो ।