युवतीको फोन आएपछि प्रेमीको घाँटी रेट्ने प्रेमिका पक्राउ



काभ्रे प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। धुलिखेलस्थित कोकास रेष्टुरेन्ट एण्ड लजमा एक पुरुषलाई धारिलो हतियारले घाँटी रेटेको आरोपमा काशिखण्ड ५ की  ३५ वर्षीया लक्ष्मी तामाङलाई पक्राउ गरिएको डिएसपी राजकुमार केसीले जानकारी दिए।

उनले ३ दिनअघि भकुन्डेवेसीका ३८ वर्षीय कृष्णकुमार श्रेष्ठलाई हतियारले घाँटी रेटेकी थिइन्। ती महिला तामाङको प्रेमिका भएको अनुसन्धानबाट खुलेको छ। लजमा बास बसेका बेला ती महिलाले श्रेष्ठको घाँटी रेटेकी थिईन ।
आफूसँग रहेका बेला श्रेष्ठलाईअर्कै युवतीले फोन गरी मोबाइलमा रकम हाल्दिन भनेपछि विवाद हुदाँ हतियार चलाएको उनले प्रहरीसामु बयान दिएकी छिन्। त्यसपछि भागेकी उनलाई प्रहरीले पक्रेर ज्यानमार्ने उद्योगमा मुद्दा चलाएको छ।
हेडलाइन सच्चाइएकाे

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.