रजस्वलाका बारेमा महिला पुरुष दुबैले थाहा पाउँनै पर्ने १० तथ्य

ओएस नेपाल, काठमाडौं – महिलामा हुने महिनावारीलाई लिएर अझैं पनि हाम्रो समाजमा विभिन्न खाले भ्रमहरु रहेका छन् । तर, सार्वजनिक रुपमा महिनावारीका बारेमा चर्चा गर्न महिलाहरु हिच्किचाउँछन् । महिनावारी एउटा शारीरिक जैविक प्रक्रिया भएपनि महिनावारीका विषयमा महिलाहरुमा नै विभिन्न भ्रमहरु छन् । महिनावारीका विषयमा समाजमा रहेका अन्धविश्वासको कुनै लेखाजोखा छैन । तर, महिनावारीका विषयमा थाहा हुँनै पर्ने केहि तथ्यहरु धेरैलाई थाहा छैन । आज हामी महिनावारीबारे केहि भ्रम र तथ्यका बारेमा चर्चा गरौं ।रजस्वला
१. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ
तथ्यः महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न सक्छ । महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन सक्छ । महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो अथवा अन्य केहि समस्या आयो की भनेर डराउँनु पर्दैन ।
२. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन
तथ्य : अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न मन पराउँदैंनन् । तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ । अनुसन्धानअनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी आउँछ ।
३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैंन
तथ्य : यो धारणा गलत हो । महिला महिनावारीको समयमा पनि गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ ।
४. महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैंन
तथ्य : महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन । मसालायुक्त खानाले पेट खराब हुन सक्छ । तर यसबाट महिनावारीको पीडामा असर पर्दैन ।
५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैंन
तथ्य : महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ ।
६. महिनावारीको समयमा आराम गर्नुपर्छ
तथ्य : महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ । तर, यसबाट डराउँनु पर्दैन । महिनावारीको समय एक दिनमा करिब चार चम्चा रक्तस्राव हुन्छ । महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन् ।
७. पिएमएसबाट गुज्रन्छन्
तथ्य : महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण) को सामना गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव गर्न सक्छन् ।
८. महिनावारीको रगत अन्य रगतभन्दा अलग हुन्छ
तथ्य : महिनावारीको रगत सामान्य अरु रगतजस्तै हुन्छ । यसमा केही पनि असामान्य हुँदैंन ।
९. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनुहुँदैंन
तथ्य : महिनावारीलाई लिएर यो भ्रम सदिऔंदेखि छ । यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ ।
१०. कुमारीहरुले कटनको प्रयोग गर्नुहुँदैंन
तथ्य : कयौं मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन् । तर, कटनको प्रयोग र कुमारीत्वबीच कुनै संबन्ध हुँदैंन ।
.
