अमेरिकाले मारेर समुन्द्रमा फालेको भनिएका ओसामा बिन लादेन अझै जिउँदै !

एजेन्सी– अमेरिकाद्धारा सन् २०११ मा पाकिस्तानमा मारिएको भनिएका चर्चित आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेश अझै जिउँदै भएको खुलासा भएको छ ।



आफ्ना आतंककारी गतिबिधिका कारण विश्वमा नै तहल्का मच्याउन सफल लादेनलाई अमेरिकाले हवाई आक्रमण गरी मारेको र उनको शव समुन्द्रमा फ्याकिएको बताइएको थियो । उनको कतै शव फेला परेको थिएन ।

तर, अमेरिकाले लादेनको हत्या गरेको भनिएको ५ वर्षपछि उनी जिउँदै रहेको रहस्य अमेरिकाकै जासुसी संस्थाका एक उच्च अधिकारीले दिएका हुन् । जासुसी संस्था सिआइएका पूर्वअधिकृत एडवर्ड स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका हुन् । उनले भनेका छन्, ‘लादेन मारिएका छैनन् । उनी अझै अमेरिकाको सुरक्षामा रहेका छन् । यसको सबै प्रमाण मसँग सुरक्षित छ ।’

अमेरिकाले अर्बौँ खर्च गरेर मोस्ट वान्टेडको सूचीमा राखेको ब्यक्तिलाई मार्न नसक्ने बताउँदै उनले अमेरिकाले पाकिस्तानसँग मिलेर लादेन मारिएको झुटो प्रचार गरेको बताए ।

स्नोडन भन्छन्, ‘लादेनलाई पाकिस्तानको बहमास क्षेत्रमा अमेरिकाका सुरक्षाकर्मीको घेरामा राखिएको छ । अमेरिकाले लादेनको खर्चका लागि मासिक १ लाख डलर पठाइदिने गरेको छ । उनी आफ्ना पाँच श्रीमतीसँगै रहेका छन् ।’

उनले हाल दाह्री नपालेको र सामान्य पोसाकमा हिँड्ने गरेका कारण कसैले नचिन्ने स्नोडनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.