नेहाका हत्यारा पक्राऊ हत्यारालाई जन्म कैद सजाय
नेहाका हत्यारा पक्राऊ एसपी पालले भने–‘हत्यारा १/२ दिनमै सार्वजनिक गर्नेछौैं’ पोखरा, २४ माघ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरि पालले योरुना (नेहा) पुनको हत्यारालाई १/२ दिनमैं सार्वजनिक गरिने जानकारी दिएका छन् । एसपी पालले भने–‘नेहाको हत्यारा नजिकै हामी पुगीसकेका छौं, अब १/२ दिनमा नै हामी घटनाको दोषीलाई सार्वजनिक गर्नेछौं ।’
विहान घुमफिर गर्न निस्केका छिमेकीहरुले कालो कपडाले ढाकेको शव देखेर हल्ला गरेपछि नेहाका आफन्त घटनास्थलमा पुग्दा छाँगोवाट खसेजस्तै भएका थिए । पछि प्रहरी आएर हेर्दा शव अर्धनग्न अवस्थामा र टाउको पछाडि रगताम्मे गम्भिर चोट देखिएको थियो । दिदी र आमासँगै बस्दै आएकी नेहाको मृत्युपछि आमा वेहोश भएकी थिईन् ।अहिले पनि छोरीलाई सम्झेर आमा एकदमै शिथिल अवस्थामा रहेकी मामा यामप्रसाद पुनले बताए । उनले नेहाले प्लस टुसम्म अध्ययन गरेकी जानकारी दिए । नेहाले केही बर्ष पहिला बनेको मगर भाषाको चलचित्र ‘गाउला’ मा सहनायिका र अर्को चलचित्रमा ‘यूँपा’ की नायिकाको भूमिका निर्वाह गरेकी थिइन । म्याग्दीको खिमखोलाबाट पोखराको नयाँगाउँस्थित ऋषिमार्गमा आमा र दिदीसँग बस्दै आएकी यरुना न्यूरोडस्थित स्माईल क्याफे एण्ड रेष्टुरेण्टमा फ्रण्ट डेस्कमा काम गर्थिन ।पाखराकी नेहा पुनको कसैले गरेको हत्याले पोखरा यतिबेला तातिरहेको सडक देखि माथिल्लो तह सम्म सबैमा नेहाको हत्याको बारेमा भएको हत्या प्रतिको आतङले प्रहरी सामु दिन दिनै दबाब बडिरेको छ सम्मपुर्ण पोख्रेलीको माग यहि छ कि नेहा पुनको हत्यारालाई छिटो सार्बजनिक गरि हत्यारालाई जन्म कैद सजाय दे त्यसैले यस्तो अपराधीलाइृ छोड्नु हुदैन जानकारीका लागि सियर गरौ कि भोलि नेहाको जस्तो मरण अरुको नहोस हेर्नुस त नेहाको मरण कस्तो थियो ।source rochakkhabarnepal

