आईफोनमा नयाँ बग, एउटा सानो कुराले बनाइदिन्छ आईफोन कामै नलाग्ने

आईफोनमा मिति परिवर्तन गर्दा काम नै नगर्ने बनाउन सकिन्छ। आईफोनको मिति परिवर्तन गरि १९७० जनवरी १ बनाउँदा आईफोन नबन्ने गरि काम नलाग्ने हुने एक प्रयोगकर्ताले युट्युवमा भिडियो सार्वजनिक गरेका हुन।
आईफोनमा देखिएको यो ‘बग’ Apple A7, A8, A8X, A9 र A9X चिपसेट भएका सबै एप्पलका ग्याजेटमा भेटिएको छ। यसको अर्थ आईफोन ५एस र त्यसपश्चातका आईफोन ६एस, ६एस प्लस साथै आईप्याड प्रोमा समेत यो समस्या देखिने बताइन्छ।
एप्पलले यो बग चाडै समाधान गरि अपडेट ल्याउला। त्यति बेलासम्म मिति परिवर्तन गर्दा सावधानी अपनाउनुहोला।
