स्पेनकी मेरिया बनिन् मिस वर्ल्ड


हङकङ । स्पेनकी मेरिया लालागुना रोयोले सन् २०१५ को मिस वर्ल्डको उपाधि जितेकी छिन् ।चीनको सान्या सहरमा भएको मिस वर्ल्डको फाइनल बार्सिलोना सहरकी २३ वर्षीया व्यावसायिक मोडल मेरियाले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुन् ।

प्रतियोगिताको फाइनलमा उनले ‘आफूमा भित्री सुन्दरता छैन भने बाहिरी सुन्दरताको कुनै मतलब नरहने’ भन्दै तार्किक विचार राखेकी थिइन् । सोही उत्कृष्ट प्रस्तुतिका कारण मेरिया मिस वर्ल्डको ताज पहिरिन सफल भएकी हुन् ।उनी औषधि विज्ञानमा स्नातक हुन् भने पोषण विषयमा एमए गर्न चाहन्छिन् । प्रतियोगिताको उत्कृष्ट पाँचमा रसिया, इन्डोनेसिया, लेबनन र जमैकाली सुन्दरी परेका छन् ।

यसपटकको मिस वर्ल्ड प्रतियोगितामा मानवअधिकारसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण मिस क्यानेडियनले प्रतियोगिता गुमाउनुपरेको थियो ।प्रतियोगितामा स्कटल्यान्ड र नर्दन आयरल्यान्ड उत्कृष्ट १० मा पर्न सफल भए पनि इंग्ल्यान्ड उत्कृष्ट २० मा समेत पर्न सकेन ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.