सुनको मूल्य फेरि घट्यो


१७ मंसिर, काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमूल्यलाई पछ्याउँदै स्थानीय बजारमा पनि लगातार ओरालो लागेको सुनको भाउमा गिरावटले बुधबार पनि निरन्तरता पाएको छ
अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ १ सय रुपैंयाँले घटेको हो । यसअनुसार प्रतितोला छापावाल सुन ४८ हजार ३ सय तथा तेजावी सुन ४८ हजार ५० रुपैंयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ


अघिल्लो दिन प्रतितोला छापावाल सुन ४८ हजार ४ सय तथा तेजावी सुन ४८ हजार १ सय ५० रुपैंयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर रहेर प्रतितोला ७ सय ७० रुपैंयाँमै कारोबार भएको महासंघले जनाएको छ । अमेरिकी डलर मजबूत भएका कारण सुनको भाउ कमजोर देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.