बाबुकै साथीले गर्बवती बनाएर बेपत्ता भएपछि

२९ मंसिर, काठमाडौं ।

बाबुको साथी होमबहादुर थापाबाट गर्भवती भएकी १४ वर्षीयाँ किशोरी आमा महिना दिनको काखे नानी च्यापेर न्याय खोज्दै अदालत पुगेकी छन् ।


छोरो जन्मेको ३४ दिन पुग्दा पनि बाबु सम्पर्कमा नआएपछि पिता कायम गरी न्वारान गरिपाउन र माना चामलको व्यवस्था गर्न भन्दै क्याक्मी–८ देउरालीकी किशोरी सिम्पल राना अदालत पुगेकी हुन् ।

सिम्पलले कात्तिक २ गते छोरा जन्माएकी थिइन् । छोराको न्वारान गर्न र सुत्केरी स्याहार्न आउँछु भनेर फोनमार्फत जानकारी गराएका ४२ वर्षे होमबहादुर थापा घरमा नआएपछि आफू अदालतको शरणमा आउने परेको उनले बताइन् ।

सिम्पल आफ्ना ३१ वर्षका पिता चोकबहादुर रानासँगै भारतमा बस्थिन । होमबहादुर पनि सिम्पलका पितासँगै भारतस्थित एउटै कम्पनीमा काम गर्थे । दुवैजना साथी भएकाले कोठामा आउजाउ चलिरहन्थ्यो । ‘बुबाको साथी बाबाजस्तै लाग्थ्यो ।

कहिलेकाहीँ मिठाई र राम्रराम्रा लुगा पनि ल्याइदिनुहुन्थ्इो,’ सिम्पलले भनिन्, ‘खानेकुरा र कपडा मैले लिन्थेँ र खान्थेँ तर आज म संकटमा फसेँ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.