समुन्द्रमा आमनेसामने: रुसले टर्कीको पानीजहाज माथी गोली बर्सायो

रुसले टर्कीको एक जहाज विरुद्ध एजियन सागरमा गोली चलाएको छ। रुसले युद्धक पानीजहाज स्मेतलाइवीले आफु तर्फ बढीरहेको माझीको पानीजहाजलाई नजिक नआउन चेतावनी दिदै गोली चलाउनु परेको बताएको छ।


russian war ship

रुसी रक्षा मन्त्रीले एक वक्तव्य जारी गर्दै टर्कीको सो डुङ्गा ६०० मिटर नजिक आएको र गोली चलाउना साथ तत्कालै फर्किएको बताएका छन्।

टर्कीको सो माछा मार्ने जहाजका क्याप्टेनले भने युद्धक जहाजबाट आएको गोली आफ्नो डुङ्गा तर्फै हानिएकोमा अनभिज्ञ रहेको बताएको अन्तर्राष्ट्रिय मिडिया बताउँछन्।

टर्की र रसिया बीच तनाव किन छ?

टर्कीको के एफ-१६ युद्धक विमानलाई नोभेम्बर २४ मा रुसको एसयु-२४ युद्धक विमान खसालेको आरोप छ।

टर्कीले रुसको सो विमानले आफ्नो वायुक्षेत्र उल्लंघन गरेको बताउँदै आएको छ।

रुसले भने आफ्नो सो विमान टर्कीको वायुक्षेत्रमा नगएको अडान राख्दै आएको छ।

रुस र टर्कीबीच सिरियालाई लिएर पनि विवाद बढ्दै छ।

टर्की, अमेरिका र फ्रान्स साथ साथ छन्। जहाँ रुस आफै इस्लामिक स्टेट विरुद्ध आक्रमण गरिरहेको छ, साथै रुसले सिरियाका राष्ट्रपति असदको समेत साथ दिदै छ।

चेतावनी जारी

आफ्नो युद्धक विमान खसालेपछि रुसका राष्ट्रपतिले पिठ्युँमा छुरा हानेको संज्ञा दिएका थिए साथै आफ्नो विमान आतंककारीहरुको साथीले गिराएको बताउँदै आएका छन्। रुसले टर्कीलाई यसकार्यको लागि चेतावनी दिदै आएका छन्।एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.