जोगबनी नाकाबाट अहिलेसम्मकै ठूलो परिमाणमा ग्यास भित्रियो
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
बजारमा ग्यासको चरम अभाव भइरहेका बेला जोगबनी नाकाबाट ठूलो परिमाणमा ग्यास भित्रिएको छ। भन्सार कार्यालयका अनुसार शुक्रबार साँझ २३ वटा ग्यास बुलेट जोगबनी नाकाबाट नेपाल भित्रिएका छन्।
अघोषित नाकाबन्दीपछि जोगबनी नाकाबाट भित्रिएको यो ग्यास अहिलेसम्मकै ठूलो परिमाणमा हो। यसअघि १७/१८ वटासम्म ग्यास बुलेट यहाँबाट भित्रिएका थिए।
भन्सार कार्यालयले जनाए अनुसार ‘पहिलेको तुलनामा धेरै उच्च परिमाणमा भित्रिएको हो,’ अन्य केही गाडीहरू पनि लाइनमा छन्। यसैगरी, शुक्रबारै १४ वटा पेट्रोल र ३३ वटा डिलेजका ट्याङ्कर पनि भित्रिएका छन्। अन्य मालबाहक गाडी आवतजावत सहज छ।
भन्सारका अनुसार ग्यास तेल आपूर्ति जोगबनी नाकाबाट धेरै सहज हुन थालेको छ। सिमामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध आन्दोलनकारीको अबरोध हटेसँगै नाका सहज भएको महसुस गरिएको छ।
a2zkhabar
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)