इजरायलको जेरुशलेममा नेपाली चेलीमाथि आतंकबादी आक्रमण पुरा पढ्नुहोस
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
इजरायलको राजधानी जेरुशलेममा कार्यरत एक नेपाली चेलिमाथी आतंकवादी आक्रमण भएको छ । काठमाण्डौ घर भई विगत ८ बर्षदेखि इजरायलको जेरुशलेमस्थित किराँत मोशे भन्ने ठाउँमा कार्यरत इश्वरी थपलिया नाम गरेकी नेपाली चेलीमाथि आज विहान करिव साढे १० बजेको समयमा चक्कु प्रहार भएको हो ।
जेरुशलेमको केन्द्रिय वस पार्क नजिकै पर्ने रुमेना भन्ने स्थानमा बस स्टेसनमा बस कुरिरहेको अवस्थामा उनमाथि सो आक्रमण भएको हो ।
उनको ढाडमा चक्कु प्रहार भएको छ । आक्रमण लगत्तै उनलाई इजरायली एम्वुलेन्स सेवा (मगेन दाविद आदोम)को सहयोगमा सरिक सेदेक अस्पतालमा पुर्याइएको छ । हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
घटनाको संदिग्ध अपाराधीलाई त्यस क्षेत्रको तलासी पश्चाक गिरफ्तार गरिएको संचारमाध्यमहरुले जनाएका छन् । शंकास्पद व्यक्ती वेस्टब्याङ्क निवासी १७ बर्षिय प्येल्सेटेनी रहेको र उ घटनासंग जोडिएको इजरायल प्रहरीलाई उदृत गर्दै बताइएको छ ।
इजरायलमा पछिल्लो समयमा प्यालेस्टेनी विद्रोही तथा इजरायलमै रहेका अरवी मुलका मुस्लिमहरुबाट समेत चक्कु प्रहार गर्ने क्रम विगत २ महिनादेखि जारी छ । सोही क्रममा प्येलेस्टेनी आतंकवादीले नेपाली चेली इश्वरीमाथि चक्कु प्रहार गरेको हो ।
त्यस्तै आज विहानै इजरायलको जेरुशलेममा रहेको वर्ल्ड सिटीस्थित दमस्कस गेटमा इजरायली सीमा प्रहरीमाथि पनि आक्रमण भएको छ
। उनीमाथि चक्कु प्रहार भएको थियो भने आक्रमणकारी प्रहरी फायरिङमा मारिएको छ । आक्रमणबाट सामान्य घाइते भएका ति प्रहरी अधिकारीको हदासा मेडिकल कलेज इन्करेनमा उपचार भइरहेको मागेन्दाविद आदोमले जानकारी दिएको छ । यस विषयमा हामी अप़डेट गर्दै छौ त्यसकोलागि प्रतिक्षा गर्नुहोला ।
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)