भर्खरै भूकम्पको ठुलो धक्का

मिडिया एनपी, काठमाडौं, ११ मंसिर । गोरखाको भूकम्पको पराकम्पन शुक्रबार सम्म जानेक्रम जारी छ । शुक्रबार ३ बजेर २३ मिनेटमा काभ्रेलाई केन्द्र बनाएर ४.१ म्याग्नेच्यूडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


parakmpa

गएको बैशाख १२ गते गएको ७.६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पको पराकम्पन आउने क्रम अझै नरोकिएको हो । उक्त भूकम्पका कारण हजारौंले ज्यान गुमाएका थिए भने हजारौं घाइते र लाखौं घरबार विहीन भएका थिए । भूकम्प पीडितहरुले हाल सम्म उचित राहत नपाइरहेका बेला आइरहेका पराकम्पनले केहीलाई त्रसिद पारेको छ ।

यद्यपी शक्तिशाली भूकम्पपछि पराकम्पन आइरहने हुँदा नआत्तिन र सचेत रहन विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.