सबैले मेरो नामको मजाक उडाउँथे -डेनी डंगजोप्पा

बलिउडमा मात्रै होइन, नेपाली गायनमा पनि चर्चित नाम हो, डेनी डेङजोम्पा । थुप्रै हिन्दी फिल्ममा उत्कृष्ट अभिनय गरेका डेनीले गाएका ‘रातको रानी फुलेझैँ साँझ’मा, ‘आगे आगे तोपैको गोला’लगायत नेपाली गीत चर्चित छन् । सन् १९४८ मा सिक्किममा जन्मिएका डेनीको खास इच्छा थियो, भारतीय आर्मी बन्ने ।

तर, आमाको करले उनी संगीत क्षेत्रमा धकेलिए । आमाकै आग्रहमा उनी पुनेको ‘फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’मा भर्ना भएका थिए । तर, त्यहाँ उनका सुरुवाती दिन पट्यारलाग्दा बने, आफ्नै नामका कारण । डेनीले धेरैपटक मिडियामा भनेका छन्, ‘अन्य विद्यार्थीले मेरो नामको मजाक उडाउँथे, बुझ्नै नसकिने चाइनिजजस्तो भनेर ।’ त्यतिखेर डेनीको खास नाम थियो, छिरिङ पेन्सो डेङजोम्पा । जया भादुरी उनकी मिल्ने सहपाठी थिइन्, जसले पछि अभिनेता अमिताभ बच्चनसँग बिहे गरिन् । जयाले नै ‘तिम्रो नाउँ बोलाउनै गाह्रो लाग्ने भएर साथीहरूले मजाक गरे, अर्कै राख’ भनेर ‘डेनी’ प्रस्ताव गरेकी थिइन् । जयाकै प्रस्ताव स्वीकार्दै उनले ‘डेनी’ नाम राखेका थिए । भारतले सिक्किमलाई आफूमा विलय गराएपछि पनि त्यहाँका नागरिकलाई भारतीयले चाइनिज नै भन्थे । भारतकै प्रसिद्ध ‘पद्मश्री पुरस्कार’बाट विभूषित डेनीले केही वर्षअघि यो पीडा पनि सुनाएका थिए । ‘मेरो नाम चर्चित बनेपछि सिक्किमबाट एक प्रशंसकले चिठी लेखे,’ डेनीले एक अन्तर्वार्तामा भनेका छन्, ‘सबैले हामीलाई चाइनिज भन्थे, तपाईं चर्चित भएपछि त भारतीय भनेर स्वीकार गर्न थालेका छन् ।source:nayapatrica

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.