एसएसबीले नेपालीलाई गोली हानेको विषयमा तीनथरी प्रतिक्रिया..........

एसएसबीले नेपालीलाई गोली हानेको विषयमा तीनथरी प्रतिक्रिया


११ मंसिर, काठमाडौं ।
तस्करलाई जसले पनि कारबाही गर्छ : लक्ष्मणलाल कर्ण



हामीले आन्दोलन र नाकाबन्दी गरेका छौँ । तेल रोकिरहेका छौँ । त्यस्तो वेला तस्करी गर्न पाइँदैन । तस्करी गर्नेलाई जुनसुकै देशले पनि कारबाही गर्न सक्छ । नेपाली भूमिमा आएर गोली हानेको हो कि होइन भन्ने कुरा राज्यले अनुसन्धान गर्नुपर्छ । यो हाम्रो विषय होइन ।

गोली हान्नेलाई कारबाही गर्न भारतलाई नेपालको आग्रह
नेपालभित्र पसेर चारजना नेपालीलाई गोली हान्ने एसएसबीका जवानलाई कारबाही गरी नेपाललाई जानकारी दिन परराष्ट्र मन्त्रालयले भारतसँग आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी त्यसबारे जानकारी गराएको हो ।

आत्मरक्षाका लागि गोली : भारतीय दूतावास
एसएसबीले आत्मरक्षाका लागि गोली चलाएको दाबी गर्दै भारतीय दूतावासले बुधबार विज्ञप्ति निकालेको थियो । सुरक्षा बलको पेट्रोल टोलीलाई तस्करहरूले आक्रमण गरेपछि आत्मसुरक्षाका लागि फायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.