आक्रमणको धम्कीले न्युयोर्कमा सतर्कता

३ मंसिर, न्यूयोर्क ।

मुस्लिम अतिवादी समूह, आइएसले दिएको भनिएको आक्रमणको पछिल्लो धम्कीले न्युयोर्कमा सतर्कता अपनाइएको समाचार छ ।

हालैमात्र मुस्लिम जिहादी समूह, आइएसले दिएको धम्कीमा न्युयोर्कमा पनि हमला हुनसक्ने बताएको थियो । सो धम्कीप्रति सहरमा सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।
पेरिस गोलीकाण्डको भिडियो सार्वजनिक (भिडियो सहित)
तर त्यस्तो कुनै खतरा भने हाललाई नरहेको न्युयोर्क प्रहरीले जनाएको छ । आइएसले हालै सो भिडियो सार्वजनिक गरेको थियो ।
न्युयोर्क सहरका मेयर बिल डे ब्लासियोले भनेका छन्– यस सहरका नागरिक यस्ता धम्कीले डराउने र आफ्ना दैनिक क्रियाकलापहरुमा परिवर्तन ल्याउनेवाला छैनन् ।

फ्रान्समा दोश्रो विश्वयुद्ध पछिको सबैभन्दा भयानक आक्रमण (तस्विरमा)

यो हाम्रो प्रजातान्त्रिक समाजमा बिचलन ल्याउने र आतंकित पार्ने प्रयास मात्र हो र यस्ता धम्कीबाट हामी बिचलित हुदैनौँ– मेयरले भनेका छन् ।
आतङ्ककारीहरुको उद्देश्य नै यसरी नागरिकलाई आतङ्कित पार्ने भएकोले यस्ता धम्कीले यस नगरका नागरिकका दिनचर्या फेरिँदैनन्– उनको भनाई छ ।
मेयर ब्लासियोले भने– त्यस धम्कीपूर्ण भिडियो कुनै विश्वसनीय छैन र पछिल्लो समयमा आएको भनिएको सो भिडियोको कुनै अर्थ पनि छैन ।

उनले न्युयोर्क सहरमा अतिरिक्त प्रहरी र सुरक्षा व्यवस्था उपलब्ध गराइएको र सुरक्षाका भरपर्दा र अत्याधुनिक मापदण्डहरु पनि अपनाइएको बताए ।
आइएसले गत शुक्रबारमात्र फ्रान्सको राजधानी पेरिसमा आतङ्कवादी हमला गरेका थिए । सो हमलामा परी कम्तीमा पनि १२९ जनाको ज्यान गएको थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.