काशित मिति: सोमवार, भाद्र ०६, २०७३ समय - ३:४१:४९
फेसबुक एबम अनलाइन मिडियामा छाएका जोया र जिबन थापाको सम्बन्ध र जीवन थापालाई लागाईएको आरोपहरु मिडियाहरुले फैलाईएको अफबाह मात्र रहेको पुस्टि भएको छ । उनीहरुको समाचार ब्यापक भए पनि जिबन थापाको बारेमा पुष्ट विवरण भने आएका थिएन । यस बारे खोज तलाश गर्दै जादा जिबन थापाको पुरा नाम जीवन थापा मगर रहेको वहाको स्थायी ठेगाना केरुंग-८, सोलुखुम्बु रहेको थाह हुन् आएको छ । बिगत ६ बर्ष अघि मात्र कंचनपुरबाट रोजीरोटीको सवालसंगै बसाइ सराई गर्दै चितवनमा अस्थायी बसोबास गर्दै आएको पाईएको छ । बिस २०४६ सालमा सोलुबाट रोजीरोटीकै लागि कंचनपुर पुगेको जिबनको आमाले बताएका छन् ।
जीवन थापामगर टुहुरा हुन । गत २०७२ सालको साउनमा काठमाडौंमा उपचारका क्रममा उनका बुबा बल बहादुर थापा मगरको जन्डिस का कारण मृत्यु भएको थियो र अन्तीम काजक्रिया पनि कालोपुल काठमाडौं गरिएको थियो भने थापा र जिया उनका आमा पूर्ण माया मगरसंग चितवन बस्दै आएका थिय । बिगत केहि समयदेखि भने छुट्टै कोठा लिएर जिया र थापा परिवारसंगै बस्दै आएको पाईएको छ । उनीहरुको आर्थिक स्थिति नाजुक भए पनि उनीहरु बिचमा अत्यान्त सुमधुर सम्बन्ध रहेको र एकले अर्कालाई अत्यन्त माया गर्ने कुरा अनुसन्धानका क्रममा खुल्न आएको छ ।
“जुन दिन आदर्श संस्थाले बुहारी बच्चा उठाएर लागे त्यस दिन मेरो कामले बाहिर गएको थिए काम सकेर घर आउदा बुहारी र नानीहरु थिएन र जीवनलाई सोधे खै बुहारी नानिहरु ! भनेर सोध्दा निन्याउरो मुख लगाउदै मान्छेहरुले लिएर गए भने पछी म तर्सिए र वरिपरी सोधखोज गर्दा आदर्श संस्थामा लागेको थाहा पाए र तुरुन्तै बुहारीलाई फर्काउन जीवनलाई लिएर संस्थाको कार्यालय पुगे र बुहारी जिया र नानि लिन आएको बताउदा संस्थाका ठुला मान्छेले जोड जोडसंग गाली गरे हप्काए, अब मुद्दा लगाउने, तिमीहरुलाई कारबाही गर्ने भनेर धम्काए । अनि जिया र नानिहरुलाई फर्काउन नसकिने भने पछी हामि आमा छोरा निराश भएर घर फर्कियौ ।एक दुइ दिनको अन्तर पारेर बुहारी र नानीहरुलाई भेट्न जान्थ्यौ तर संस्थाले कहिल्यै भेट गर्न दिदैनथ्यो । हो हामि गरिब छौ, तर बुहारी र नानीहरुलाई एक छाक खाना, लाउन र माया स्नेहमा कहिल्यै कमि थिएन । खै किन यस्तो गर्यो ? आमा पूर्ण माया मगरले टेलिफोनमा बताएकी छिन ।
उनले भनिन “हाम्रो स्थायी ठेगाना सोलुखुम्बु, अनि अस्थायी बसाई चितवन, अनि सरकारी प्रक्रिया नबुझ्नको कारणले नानीहरुको जन्म दर्ता, नाता प्रमाणित, बिबाह दर्ता, तथा नागारिकता बनाउन सकेनौ तर उनिहरुसंग त हाम्रो रगतको नाता कायम भईसकेको छ त्यो त हाम्रो आँखाले हेर्न सक्छौ नि ! यहि कमजोरीमाथि टेकेर हाम्रो सन्तानलाई आज त्यो आदर्श संस्था र प्रसासनले अबैधानिक ठहर्याउदै टाढा पुर्यायो । बिदा हुने दिन जोया र जीवन लामो समय अंकमाल गरेर धेरै रुए, आशु झारे तर हामि त निरिह भएर हेर्न बाहेक केहि गर्न सकेनौ । बरु उल्टै मानसिक तनाब डर धाक धम्कि खेप्यौ । त्यो आदर्श संस्थाले म र छोरालाई बारम्बार भन्थ्यो- काम हुन लाग्यो ७/८ लाख क्षेतीपूर्तिको लागि तयार गर्नु नत्र कारबाही होला । तनाब हुन्थ्यो कहाँबाट ल्याउनु होला त्यत्रो पैशा ! निद्रा लाग्दैनथ्यो ..म छोरालाई गालि गरि रहन्थे.. जिबन पनि रुन्थ्यो मात्र ” आमाले भने ।
यसरि यी सम्पूर्ण घटना हेर्दा नाता प्रमाणित, बिबाह दर्ता, जन्म दर्ता नभएकै कारण नेपालको बसाई अबैधानिक भएको ठहर गर्दै लामो समय लगाएर संस्था र प्रसासनले फिलिपिन्स एम्बेसीसंग पत्राचार गरि खर्च झिकाएर जोयालाई उसको परिवारबाट छुटाएर देश निकाला गरेको देखिन्छ । यहा प्रश्न उब्जन्छ किन प्रसासनले त्यत्रा दुइ दुइ बच्चा हुदा हुदै पनि तिनलाई नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता लगायतका आधिकारिक कागजातका लागि पहल गरेन ? त्यो संस्था र प्रसासन माथिको गम्भीर प्रश्न हो । हामि यी सबै कुरा थाहा पाइसकेपछि अझै बढी सत्य-तथ्य सकेसम्म श्रब्य-दृश्य सहित यहाहरु माझ ल्याउने प्रयासमा छौ ।

