आज भर्खरै इन्जिनमा खराबी आएपछि माउन्टेन एयरको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण::
आज भर्खरै नुवाकोट । गोरखाबाट काठमाडौंका लागि उडेको माउन्टेन एयरको हेलिकोप्टरको इन्जिनमा खराबी को कारण दुर्घटनाबाट जेगीयोकाठमाडौं, २७ साउन, नुवाकोट । गोरखाबाट काठमाडौंका लागि उडेको माउन्टेन एयरको हेलिकोप्टरको इन्जिनमा खराबी देखिएपछि नुवाकोटमा आकस्मिक अवतरण गराइएको छ ।
बिहीबार दिउँसो दुई बजे नुवाकोट जिल्लाको बुधसिंग गाविस-२ महादेवस्थानमा ‘नाइन एन एएलक्यू’ कलसाइन भएको हेलिकोप्टर आकस्मिक अवतरण भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
हेलिकोप्टरमा चालकसहित पाँच जना छन् । चालक र त्यसमा सवार यात्रुहरुको नाम भने नखुलेको प्रहरीले बतायो ।
उड्दा उड्दै इन्जिनमा खरावी देखिएपछि हेलिकोप्टरलाई चालकले सुरक्षित रुपमा अवतरण गराएको र अहिले मर्मत कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यही साउन २४ गते गोरखाबाटै काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविसमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो ।

