मिडिया एनपी, काठमाडौं, २२ चैत्र । प्रेम गर्ने र प्रेम असफल भएपछि आत्महत्या गर्ने युवा युवतीको संख्या बढ्दै गएको छ । यस्को पछिल्लो उदाहरण हुन भारतीय टेलिभिजन स्टार प्रत्यूषा वेनर्जी । उनको आत्महत्या पछि उनका प्रेमीसँग भएको खड्पट् पनि सार्वजनिक भयो । उनको आत्महत्याको खबर सँगै बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले पनि ३ पटकसम्म आत्महत्याको प्रयास गरेको खबर बाहिरिएको छ ।
आफ्नो करिअरको सुरुवातमा प्रेमी असिम मर्चेटविचको तनावका कारण ३ पटकसम्म आत्महत्याको प्रयास गरेको प्रियंकाका पूर्व म्यानेजर प्रकाश जाजूले ट्विटर मार्फत सार्वजनिक गरेका छन् । नायिका चोपडा कुनै समय निकै कमजोर रहेको भन्दै प्रकाशले लेखेका छन ‘यही बिषयमा चोपडाले मलाई बारम्बार फोन पनि गर्थिन् । उनले ३ पटकसम्म आत्महत्या गर्ने कोशिश गरेकी थिइन् ।’
उनले कहिले पूलबाट त कहिले अपार्टमेन्टबाट हाम फालेर आत्महत्या गर्ने कोशिश गरेको प्रकाशले खुलासा गरेका छन् । प्रकाशको यो ट्विटमा नायिका चोपडाले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

