मलेशियामा आफै बस्ने अपार्टमेन्ट को ८ औ तल्ला बाट हाम फालेर एक नेपालीले गरे आत्महत्या पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.
मलेसियाको पेनाङ राज्यमा लामो समय देखि रोजगारी गर्दै आएका रौतहट जिल्ला पोखरीया गा.वि.स.घर भएका अन्दाजी ३० वर्षको सिकील दासले मलेसियामा आफू बस्ने अपार्टमेन्टको ८ औ तल्ला बाट हाम फालेर आत्महत्या गरेका छन ।
सिकील दास पेनाङ स्थित तमान पिराइनडाको Block C मा बस्दै आएका थिए । गए राति २१ जुलाई ८:३० बजे ८ तल्लाबाट उनले हाम फाले लगत्तै उनको मृत्यु भएको प्रत्यक्षदर्शीको भनाइ रहेको छ । उनले मलेसियाको पेनाङ राज्यमा रहेको Teco Tecnology कम्पनीमा काम गर्दै आएका थिए । दासले आफ्नो करार अबधि (contact) ३ वर्ष पूरा गरेर घर जाने तयारीमा रहेका थिए । संगै बस्ने साथीको अनुसार दासको उडान आउने सोमबार पक्का भएको र उडानको लागि टिकट र पासपोर्ट समेत कम्पनीले दिसकेको थियो। उता नेपाल घरमा उनको श्रीमती बिरामी भएर अस्पतालमा भर्ना भएकी छिन । दास कुनै प्रकारको नसालु तथा जाडरक्सी खाने गरेका थिएनन् । दासले घरको तनावले आत्महत्या गरेको उनका साथीहरुले अनुमान गरेरका छन। घर जाने दिन नजिकै आउदा पनि अरु जसरी खुशी देखिदैनथ्य, कुनै तनावमा भए जस्तो लाग्थ्यो घटना स्थलमा भेटिएका नेपालीहरुको भनाइ छ । दासले हाम फालेको खबर पाउना साथ मलेसियाको पुलिस घटना भएको ठाउमा आएको थियो तर उनको मृत्यु भइसकेको थियो । अहिले उनको मृत शरीरलाई पोस्टमार्टमको लागि पेनाङकै नजिकैको हस्पिटलमा राखिएको छ । मलेसियामा रोजगारीको लागि आउने र करार अबधि सकेर नेपाल फर्किने समय नजिक आउदै गर्दा विभिन्न तनावले गर्दा धेरै नेपालीले विभिन्न तरीकाले आत्महत्या गर्दै आएको पाइएको छ । यस्तो घटनाहरु न्यून हुनुको सट्टा झन बढीरहेको देखिन्छ ।

