मलेसियाको डुंगा दुर्घटना, १४ जनाको मृत्य, १२ जना बेपत्ता पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस..
मलेसियाको डुंगा दुर्घटना, १४ जनाको मृत्य, १२ जना बेपत्ता
क्वालालम्पुर (मलेसिया), १० साउन। मलेसियाको दक्षिणी राज्य जोहोरमा भएको डुङ्गा दुर्घटनामा १४ जनाको मृत्यु भएको सामुद्रिक सुरक्षा रक्षकले बताएका छन्।
उनीहरूले डुङ्गामा सवार १२ जना बेपत्ता भएका र ३४ जनतालाई उद्धार गरिएको बताएका छन्। डुङ्गामा ६२ जना यात्रु मलेसियाबाट इन्डोनेसिया तर्फ हिँडेकोमा शनिबार राति समुन्द्रमा अकस्मात आएको कडा छाल पारगर्न नसक्दा दुर्घटनाग्रस्त भएको घटनाका प्रत्यक्षदर्शीहरूले बताए।
उद्धार गरिएका सबै आप्रवासीहरूलाई मलेसियाको अध्यागमन विभागमा हस्तान्तरण गरिएको बताइएको छ। मलेसियामा करिब २० लाख इन्डोनेसियाली नागरिक रोजगारीका लागि पुगेका छन् र अधिकांश गैरकानुनी रुपमा त्यहाँ पुगेका बताइन्छ।
इन्डोनेसियाली नागरिक प्रायः मलेसियामा सामान्य कामदारका रुपमा रहदै आएका छन्। रासस/एएफपी

