दुई विवाहित महिला एकआपसमा प्रेममा परेपछि…

एजेन्सी । यो शीर्षक सुन्दै अचम्म लाग्नसक्छ । तर, भारतको राजस्थानका दुई विवाहित महिलाबीच पहिला दोस्ती र फेरि माया प्रेम बसेको छ । र विवाह मण्डपमा सात फेरा लगाएर पति पत्नी पनि बनेका छन् ।

तर, ६ महिना नवित्दै यो सम्बन्ध विग्रिएको समाचार भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् । यो सम्बन्धको खास कुरा त यो हो कि दुबै महिलाका पति अधिकांश समय बाहिर बस्छन् ।

२५ वर्षीया सानिया र २२ वर्षीया ममता राजस्थानको शिवदासपुरामा कोठा भाडामा लिएर अलग अलग घरमा बस्दथे । दुबैका पति कामका सिलसिलामा अधिकांश समय बाहिर रहन्थे । यसैबीच दुबै छिमेकी महिलाबीच दोस्ती बढ्यो र त्यो प्रेम सम्बन्धमा परिणत भयो । दुबैले यसैवर्ष जनवरीमा सात फेरा लगाएर विहे गरे । सानियाले ममतालाई मंगलसुत्र लगाइन् । यद्यपी विहेको जानकारी दुबै महिलाले आफ्ना पति र घरपरिवारलाई दिएनन् ।

विहेपछि ममता आफ्नो लागि सानियासँग पैसा लिन थालिन । पछि पैसाकै विषयलाई लिएर दुबैबीच विवाद भयो । सानिया जयपुरमा बस्न थालिन् । पत्नी बनेकी ममताले सानियाको फोन उठाउन छाडिन् । त्यसपछि ममताले सानियालाई आफ्नो घरमा बोलाएर दिनदिनै पैसा माग्न फोन गरेर तनाव दिएको भन्दै आफ्ना पिता र भाइबाट रामधुलाई गरिन् । त्यसपछि सानियाले ममताविरुद्ध कुटपीट र सम्पत्ति हडप्न खोजेको अभियोगमा प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीमा पुगेपछि यो घटना बाहिर आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.