Breaking News अमेरिकामा नेपाली विद्यार्थीको कार दुर्घटनामा निधन......
काठमाडौं पकनाजोलका २१ बर्षिय रुसल श्रेष्ठको अमेरिकाको सेन्ट्रल टाइम अनुसार शनिबार राति साढे १० बजे कार दुर्घटनामा परेर घटनास्थलमै निधन भएको हो। रात्री सिफ्टको लागि साथीलाई काममा छाड्न जाने क्रममा हाइवेबाट शाखा सडकमा बाहिरिने क्रममा गलत ठाउँमा परेर कार दुर्घटनामा परेको थियो। काममा छाड्न लागेको साथी सामान्य घाइते भएपनि उनको भने तत्कालै निधन भएको थियो।
दुर्घटनामा गाडी चलाइरहेका श्रेष्ठको घटनास्थलमै निधन भएको प्रहरीको भनाई उधृत गर्दै नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिए। उनीसँग रहेका नेपाली युवकको भने देब्रे हात भाँचिएको छ। उनको अवस्था भने सामान्य छ।
ड्यालसस्थित ब्रोकहेभन कलेजमा अध्ययनरत श्रेष्ठको शबलाई नेपाल पठाउने तयारी भइरहेको छ। नेपाली समाजलाई परेको दुःखको विषयलाई लिएर समाजको आकस्मिक भेला सोमबार साँझ ५ बजे डाकिएको नेपाली समाज महासचिव कमल सत्यालले बताए। @setopati

