विदेशी भूमिमा नेपाली कलाकार चेलीको निधन कलाकार तथा मोडल श्रृष्टीको हृदयघातका कारण निधन, .... हेर्नुहोस भिडियो सहित
बोमलाल गिरी ।
१३ असार, लिस्बन, पोर्चुगल
कलाकार एवं मोडल सृष्टि शाहीको २८ वर्षको कलिलो उमेरमै निधन भएको छ । शाहीको गत बुधबार पोर्चुगलको राजधानी लिस्बोनमा हृदयघातका कारण निधन भएको हो ।
उनको शनिवार लिस्बोनको ओलिभाइस सेर्मेटारियोमा हिन्दु परम्परा अनुसार दाहासंस्कार गरियो छ । मृतआत्माको चिर शान्तिको कामना गर्दै लिस्बोनमा ठूलो संख्यामा नेपालीले संयुक्त श्रदान्जली अर्पण गरेका छन् ।
कार्यक्रममा सहभागी पोर्चुगलका लागि नेपालका अवैतानिक राजदुत मकर बहादुर हमाल, गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमल लगायत सयौंको उपस्थिती थियो । फ्रान्सका लागि नेपाली दुतावासले पनि शाहीको निधन प्रति गहिरो दुःख व्यक्त गरेको हमालले जानकारी दिए ।
शाहीले कलाकार संघ पोर्चुगलका अध्यक्ष दीपक सुवेदीद्धारा निर्देशित ‘संभव छैन मिलन हाम्रो, आखाँको चालले लगायत थुप्र्रै म्युजिक भिडियोमा अभिनय गरेकी थिएन ।

