होलीमा करिश्माको घरमा धुर्मुस सुन्तलीको यस्तो बबाल (भिडियो सहित)

मिडिया एनपी, काठमाडौं, ९ फागुन । रंगीन दुनियाँकी सदाबहार नायिका करिश्मा मानन्धरलाई रंगीन पर्व होली मज्जैले लाग्छ । उनी अरु पर्वमा के गर्छिन, के खान्छिन् थाहा हुँदैन, तर उनी होलीमा कलाकारदेखि पत्रकार सबैलाई आफ्नै निवासमा बोलाउँछिन् र होली मनाउँछिन् । गत वर्ष होली नमनाएकी मानन्धरले यस वर्ष भनेर खुलेर होली मनाएकी छन् । उनको होली निम्तोलाई मानेर नेपाली सिने नगरिका अधिकांश कलाकार उनको निवासमा पुगेका छन् ।
नेपाली सिनेमाको ठूलो पर्दादेखि सानोपर्दासम्म जमेका धेरै कलाकार करिश्मा निवासमा पुगेर आफ्नै तरिकाले होली मनाएका छन् । पछिल्लो समय नेपाली सिनेमामा जम्दै गरेकी नायिका रजनी केसीदेखि सिने नगरीमा जमेकी नायिका रेखा थापासम्मका नायिकाहरुले रंग दल्न भ्याए भने । सानोपर्दाका धुर्मुस सुन्तलीलगायतका कलाकारले नाचेर होली पर्व मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.