बिहान उठ्ने बित्तिकै यी ५ कुराहरु कहिल्यै नगर्नुस जानी राखौ

एजेन्सी । हामी बिहान उठ्ने बित्तिकै बिभिन्न क्रियाकलापहरु गरेका हुन्छौं । स्वास्थ्यलाई अनुकुल राख्नका लागी बिभिन्न प्रयासहरु गरेका हुन्छौं। तर गर्दा गर्दै कतिपय कुराहरु गर्न नहुनेकुरा पनी जानी नजानी गरीरहेका हुन्छौं ।


जीवनको बारेमा पुराना बुढापाकाहरुले बिहान उठ्ने बित्तिकै यी कुराहरु गर्न हुदैन भन्ने गर्दछन् । पहिलाका पुराना पाका मानिसहरुले जीवनको चलनचल्तीको बारेमा भनेका र अहिलेको बैज्ञानीक युगले भनेको कुरा फरक पनी हुन्छन् । बुढापाकाहरुले गर्न नहुने भनेको कुरा बैज्ञानीकहरुले गर्न हुन्छ पनी भनेका छन् । हामी यहाँ बैज्ञानीकका कुरा नभएर आज पुराना बुढापाकाहरुका कुरा राख्दै छौं ।

बिहान उठ्ने बित्तिकै बुढापाकाहरुले सहवास गर्न नहुने बताउँछन् तर बैज्ञानीक तरीकाले बुझ्दा बिहानको समयमा एकपटक सहवास गर्न राम्रो मानिन्छ , साथै पाकाहरुको भनाईलाई आधारमान्ने हो भने ऐना नहेर्नु भनिन्छ तर प्रायमानिसहरु बिहानमा ऐना हेरेकै हुन्छन्, साथै बुढापाकाहरुले बिहान उठ्ने बित्तिकै तलका ५ कुराहरु गर्दा अशुभ हुने कुरा बताउँछन् । स्वास्थ्यलाई फाईदा बेफाईदा भन्दा पनी शुभ अशुभको कुरामा तलको कुरामा बिश्वास गर्दछन् बुढापाकाहरु ।

बिहान उठ्ने बित्तिकै यी ५ कुरा गर्दा अशुभ मानिन्छस

१ .सहवास नगर्नुस्
बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन् ।

२ .ऐना नहेर्नुस्ः
बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ । मानिसको शरीरमा आलश्य हुन्छ । उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्रादे दिनभरी नकारात्मक प्रभाव पार्छ । बरु ऐना हेर्नुभन्दा पहिले हत्केला हेर्नुस ।

३ . बाँदरको नाम नलिनुस्ः
बिहान उठ्ने बित्तिकै बाँदरको नाम नलिन सुझाव दिन्छन् बुढा पाकाहरु । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुने उनीहरुको भनाइ छ ।बिहानमा बाँदरको नाम सकेसम्म उच्चारण नै नगर्दा राम्रो हुन्छ ।

४ . तेलको भाँडो र सियो धागो नहेर्नुस्ः
उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्विमानी हुन्छ ।

५ .घर फोहोर नराख्नुस्ः
विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.