विन लादेनले ओबामालाई लेखेको गोप्य पत्र ८ वर्ष पछि सार्वजनिक आफ्नै हस्ताक्षरमा विन लादेनले ओबामालाई लेखेको पत्र सहित!!

विन लादेनले ओबामालाई लेखेको गोप्य पत्र सार्वजनिक
सन् २०११ को मे महिनामा अमेरिकी कमाण्डोबाट पाकिस्तानमा मारिएका अलकायदका तत्कालीन प्रमुख ओसामा विन लादेनले अमेरिकी जनतालाई राष्ट्रपति बराक ओबामाले जलवायु परिवर्तनका असर रोक्नका लागि चालेका कदमलाई सहयोग गर्न पत्र लेखेको खुलासा भएको छ ।
अमेरिकी अधिकारीहरुले बिन लादेन मारिएको ५ वर्ष पछि यो पत्र सार्वजनिक गरेका हुन् ।
विन लादेनलाई अमेरिकी सेनाले मारेपछि उनको निवासबाट बरामद गरिएका दस्तावेजमा उक्त पत्र पनि रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
मंगलबार ओबामा प्रशासनले ओसामा विन लादेन सम्बन्धि गोप्य दस्तावेज सार्वजनिक गरेका थिए । ओबामा सत्तामा आएपछि सन् २००९ मा बिन लादेनले ओबामालाई पत्र लेखेको देखिन्छ ।
अमेरिकामा सन् २००८ मा आएको आर्थिक संकटको कारण अफगानिस्तान र इराकमा गरिएको आक्रमण रहेको भन्दै विन लादेनले पुँजीवादीहरुबाट ओबामालाई मुक्त गर्नका लागि अमेरिकी जनतासँग आह्वान गरेको समेत पत्रमा देखिन्छ ।
ओबामालाई ओसामाले जलवायु परिवर्तनबाट हुने प्रतिकुल असरबाट मानवतालाई जोगाउन कदम चाल्न आह्वान गर्दै अमेरिकी जनतालाई ओबामालाई सघाउन समेत आग्रह गरेका थिए ।
उनले अमेरिकालाई इस्लाम विरुद्ध युद्ध छेड्नु भन्दा जलवायु परिवर्तनका लागि लड्नु उचित हुने सल्लाह पनि दिएका छन् ।
