Breaking News>>>भर्खरैः शक्तिशाली भूकम्पको धक्का,

नेपालको पश्चिम क्षेत्रमा राति भूकम्प, भूकम्पको धक्का धनगढी, महेन्द्रनगर र सुदूरपश्चिमका पहाडी जिल्लामा समेत




काठमाडौं, २६ माघ । नेपालमा मंगलबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको केन्द्रविन्दु भने भारतको हिमाञ्चल प्रदेश रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र क्षेत्रीय कार्यालय सुर्खेतले जनाएको छ ।

हिमाञ्चल प्रदेश नेपालसँग सीमा जोडिएको उत्तराखण्डको छिमेकी राज्य हो । यो पहाडी इलाका हो । यहाँबाट नेपालको दार्चुला नजिक पर्छ ।

हिमाञ्चलको लाहौल स्पीति इलाकालाई केन्द्र बनाएको ४.४ रेक्टर स्केलको गतिमा गएको भूकम्पको धक्का भारतका केही स्थानमा समेत महसुस गरिएको भारतीय च्यानल आजतकले जनाएको छ ।

भूकम्पको धक्का धनगढी, महेन्द्रनगर र सुदूरपश्चिमका पहाडी जिल्लामा समेत महसुस गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.