Breaking News>>> विमान दुर्घटना, चार मृत्यु

नाइपिद्व: बर्मामा बुधबार बिहान भएको सैनिकको एक सानो विमान दुर्घटनामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको छ ।


राजधानी नाइपिद्वबाट नजिकैको एक विमानस्थलमा बुधबार बिहान सो विमान दुर्घटना भएको थियो । जहाज उड्ने समयमा खराबी देखिएको र उडेको केही समयपछि नै तत्कालै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

सो सानो सैनिक विमानले म्यानमारका चारजना सैनिक बोकेको जनाइएको छ । ती सैनिक बोकेर उड्न लागेको विमानमा आगोलागेको र अकस्मात खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

विमानस्थलनजिकै विमान खसेर आगोलागेपछि निकै ठूलो धुवाको मुस्लो निस्किएको थियो । उक्त दुर्घटनास्थलमा आगो लागेको विमान हेर्न ठूलो सङ्ख्याका व्यक्ति उपस्थित भएका थिए ।

तर यस विषयमा म्यानमारको सेनाले भने कुनै आधिकारिक भनाई सार्वजनिक गरेको छैन ।

इन्डोनेसियामा पनि सैनिक विमान दुर्घटनाग्रस्त, दुईको मृत्यु

यसैबीच इन्डोनेसियामा पनि बुधबार एक सैनिक विमान दुर्घटनाग्रस्त हुदा त्यसमा रहेका दुईजना सैनिकको ज्यान गएको छ । उक्त विमान परीक्षण उडानका रुपमा उडेका बेला दुर्घटनामा परेको बताइएको छ ।

त्यस सानो विमानमा कतिजना सैनिक रहेका थिए भन्ने बारेमा केही जानकारी दिइएको छैन । उक्त दुर्घटना इन्डोनेसियाको जाभा प्रान्तमा खसेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.