दश देशका प्रधानमन्त्रीको अघि ओबामाले चीनलाई दिए यस्तो चेतावनी
एजेन्सी । अमेरिकी राष्ट्रपति बराक ओबामाले एसियाली महाशागरहरुमा जारी भौतिक निर्माण र सैन्यीकरणलाई तत्काल रोक्न आग्रह गरेका छन् । दक्षिणपूर्वी एसियाका नेताहरुसँग क्यालिफोर्नियामा आयोजित बैठकलाई सम्बोधन गर्दै ओबामाले यस्तो बताएका हुन्
महाशागरमा पनि दावी गर्ने प्रवृत्ति र भौतिक निर्माण तथा सैन्यीकरण तत्काल रोक्न उनको चेतावनी छ ।
एसियाली पावरहाउस चीनतर्फ निसाना लगाउँदै ओबामाले भने, ‘अमेरिकाले दक्षिण चीन सागर क्षेत्रमा आफ्नो उडान बन्द गर्दैन । हामी त्यहाँको पानीमा पनि स्वतन्त्र भएर वारपार गर्नेछौं । जहाँसम्म जानका लागि अन्तराष्ट्रिय कानुनले हामीलाई अनुमति दिएको छ, हामी त्यहाँसम्म जानेछौं । हामीले जे गरिरहेका छौं, त्यो गर्ने अधिकार हाम्रा सहयोगीहरुलाई पनि छ । उनीहरुलाई यसो गर्नबाट कसैले रोक्न सक्दैन ।’
अमेरिकामा आसियान (असोसिएसन अफ साउथ इस्ट एसिएन नेशन)का देश र ओबामाबीच दुई दिवसीय बैठक जारी छ । सो बैठकमा ओबामाले साउथ चाइना सीमा जारी निर्माणलाई तत्काल रोक्न चीनलाई चेतावनी दिएका हुन् ।