अनुष्काले सलमानलाई जोडदार थप्पड हानेपनि सलमान यसकारण केही बोलेनन्

एजेन्सी । अनुष्का शर्माले सलमान खानलाई जोडदार थप्पड हानेकी छिन् । बलीउडका ‘दंबग’ उपनामले चिनिने चर्चित कलाकार सलमानलाई नायिका शर्माले चलचित्र ‘सुल्तान’ को छायांकनका क्रममा थप्पड हानेको भारतीय मिडियाहरुले जनाएका छन् ।


एक अंग्रेजी वेबसाइटका अनुसार छायांकनका क्रममा अनुष्काले सलमानसँग एक फाइट सीन गर्ने क्रममा सलमानलाई झापड हानेकी हुन् ।

जिद्धी स्वभावका सलमान हत्तपत्त यस्ता सिन गर्न नमाने पनि अनुष्काको थप्पड खान भने उनी हाँसीखुशी तयार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.