वैवाहिक जीवन सुखमय बनाउने ५ तरिका-थाहापाई राखौ

काठमाडौं । विवाह सबैभन्दा पवित्र र विश्वासमा आधारित सम्बन्ध हो । तर आजको समयमा यो सम्बन्धलाई सधैभर सुमधुर बनाइरहन गाह्रो छ ।

आजभोलि सम्बन्ध बिच्छेदका घटनाहरु धेरै बढ्न थालेका छन् । सात जन्मसम्म एकअर्काको रहिरहने कसम खाएका जोडीहरु पनि एउटा अवस्थामा आएर सम्बन्ध बिच्छेद गर्छन् । तर केही यस्ता उपायहरु छन् जसले दईजनाबीचको सम्बन्धलाई मजबुत बनाइरहन सहयोग गर्छन :

१.सम्बन्धमा सम्मानको महत्व प्रेम प्रकट गर्दा हामी बढी नै देखाएर गर्छौ । साँचो कुरा प्रेम सँगै विश्वास पनि हो । सम्बन्धमा एक–अर्काप्रतिको विश्वासको ठूलो महत्व हुन्छ । सम्बन्ध दरिलो बनाउन एक अर्काको निर्णय तथा सही बिचारको सम्मान गर्नुपर्दछ ।

२.आफन्त संगको सुमुधुर सम्बन्ध प्रत्येक नातेदारसँग आफ्नो सम्बन्ध उत्तिकै राम्रो हुनुपर्छ भन्न सजिलो छ, तर सबै आफन्त र उनीहरुको स्वभाव चिनेर खुसी पारिराख्नु त्यति सजिलो भने छैन् ।

तर तपाईले आफ्नो तर्फबाट प्रयास भने गर्न छोड्नुहुँदेन् । आफन्तसँग कुराकानी गर्दा कहिल्यै पनि झिँझो नमान्नुहोस । भित्र मन नपरेपनि उनीहरुका कुरा शान्तसँग सुनिदिनुहोस् । आफन्तसँग मनमुटाव हुने स्थिति आए पहिल्यै सुल्झाउने प्रयास गर्नुहोस् ।

३.पैसाको बारेमा प्रष्ट हुनुस विवाहपछि आर्थिक रुपमा स्वतन्त्र हुन कठिनाई हुनसक्छ । तर बिहेपछि पैसाको बारेमा एक अर्कालाई जानकारी हुन जरुरी छ । यसो हुदाँ श्रीमान श्रीमती दुबैले आर्थिक मामिलामा एक अर्कालाई शंका गर्ने ठाउँ रहँदैन् । आफूले लगानी गरेको, सापटी दिएको, लिएको जस्ता कुरा एकअर्कामा जानकारी हुँदा त्यसले सम्बन्धलाई सुधार गर्न मद्धत पुग्छ ।

४.सम्झौता गर्नु कमजोरी होइन सम्बन्धमा कहिलेकाँही साना तिना कुराले पनि दिक्क पार्ने गर्छ । तर यस्ता कुरालाई ठूलो नबनाएर सम्झौता गर्नु राम्रो हुन्छ । सम्झौताले सम्बन्धलाई तन्काउने काम गर्छ । कसले भनेको कुरा ठूलो र कसले भनेको कुरा सानो भन्ने जस्ता कुरामा अल्झनु हुदैन् ।

५.मायामा कमि हुन नदिनुहोस विहे भएको जतिसुकै बर्ष बितोस, एक अर्काको प्रेममा कमी हुन नदिनुहोस् । एकअर्काको प्रसंसा गरिरहनुहोस जसले सम्बन्धलाई निरन्तर रुपमा सुमधुर बनाइरहन सक्छ । हप्तामा एकचोटीसंगै फिल्म हेर्न जानुहोस्, छोराछोरी, आफन्तसँग रमाउने गर्नुहोस । यस्तो गर्नाले सम्बन्धमा उचाई थपिदै जान्छ ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.