मध्यरातमा नेपालको मध्यभागका भूकम्पको झड्का, निदाएका सर्बसाधारण घरबाहिर निस्किए -

आईतबार राती ११ बजेर ५४ मिनेट जाँदा गोरखालाई केन्द्रबिन्दू बनाएर भूकम्पको झड्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रमा रेकर्ड भए अनुसार गोरखालाई केन्द्रबिन्दू बनाएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।


भूकम्प मापन केन्द्रमा रेकर्ड हुनु अगाडी नै मध्य रातमा चितवन, नवलपरासी, गोरखा, अर्घाखाँची, धादिङ्गमा भूकम्पको शक्तिशाली झड्का महशुस भएको भन्दै स्थानीयवासी घरबाहिर निस्किएका थिए ।  गत वैशाखमा गएको शक्तिशाली भूकम्प सँगै आएका ४ रेक्टर स्केलभन्दा माथिका पराकम्पन यो समेत गरि ४३४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.